काठमाण्डौ : इजिप्टले ग्यास र तेलका लागि ११० वटा अन्वेषण इनार ड्रिल गर्ने योजना बनाएको छ। जसका लागि उसले १ अर्ब.२० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्नेछ।
चालू आर्थिक वर्ष २०२४÷०२५ मा यति रकम ग्यास र तेलका इनारका लागि खर्च गर्ने इजिप्टका पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले जनाएको छ।
नयाँ सरकारको कार्यक्रमको समीक्षा गर्ने संसदीय समितिसँगको बैठकमा मन्त्री करिम बडावीले इजिप्टमा ग्यास र तेलका लागि ५८६ वटा अन्वेषक इनार खनिने बताए।
अन्वेषण गतिविधिका सम्बन्धमा मन्त्रीले तेल र ग्यासको अनुसन्धान र अन्वेषण क्षेत्रमा हाल १४५ वटा प्रतिबद्धता सम्झौता भएको र ४० साझेदारसँग सम्पन्न भइसकेको बताए।
उनले अन्वेषण गतिविधिमा चुनौती रहेको औँल्याए। विशेष गरी लगानीका अवसरहरू प्रदान गर्ने क्षेत्रीय प्रतिस्पर्धा र आर्थिक प्रोत्साहनका साथै अनुसन्धान र अन्वेषण गतिविधिहरूको ढिलो कार्यान्वयन हुने गरेको बताए।
इजिप्टले हालैका वर्षहरूमा देशमा ठूला खोजहरू गरिसकेपछि तेल र तरल प्राकृतिक ग्यासको लागि क्षेत्रीय व्यापार केन्द्र बन्ने लक्ष्य राखेको छ। जसमा भूमध्यसागरको जोहर ग्यास क्षेत्र पनि समावेश छ। जसमा अनुमानित ३० खर्ब घन फिट ग्यास छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार