Listen LIVE

अस्पतालबाट फरार थुनुवा भारततर्फ भाग्दै गर्दा पक्राउ

कैलाली : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

भारततर्फ भागिरहेको अवस्थाबाट प्रहरीले धनगढी उपमहानगरपालिका–७ का ३२ वर्षका मुकेश रानालाई पक्राउ गरेको हो । उहाँलाई धनगढी–१०, सिमलघाट क्षेत्रबाट शुक्रबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

लागुऔषध मुद्दामा पक्राउ परेका राना बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी सोहि दिन राति अस्पतालबाट फरार भएका थिए । पक्राउ परेका रानाको स्वास्थ्य जाच गरी पुनः उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया