Listen LIVE

नेपाल दक्षिण अफ्रिकासँग पराजित

काठमाण्डौ : हङकङ सिक्सेसमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भयो। 

नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । दक्षिण अफ्रिकाका लागि ब्लेक सिम्पसनले सर्वाधिक ३० रन जोडे। बलिङतर्फ नेपालका लोकेश बमले दुई विकेट लिए । त्यसअघि मङ–कोकमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३.३ ओभरमा पूरै विकेट गुमाएर ५८ रन जोडेको थियो । 

नेपालका लागि रशिद खानले १६, लोकेश  बमले १४ र आदिल आलमले १३ रन जोडे । पुल ए मा रहेको नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो। यससँगै नेपाल सिक्सेसको मुख्य प्रतिस्पर्धाबाट बाहिरिएको छ । अब बाउल लिगमा नेपालले श्रीलंका र भोलि युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया