नेपालगञ्ज : बाँके गाउँस्थित जीभीएन सेकेन्डरी स्कुल कक्षा ६ विद्यार्थीले बागेश्वरी एफ एमको आज अवलोकन गरेका छन् । पाठयक्रम अनुसार हाम्रो नेपालगञ्ज विषय अन्तगर्त उनीहरुलाई रेडियोका विविध पाटोबारे जानकारी गराउने उद्येश्यले अवलोकनमा ल्याइएको शिक्षिका पुनम शर्माले जानकारी दिइन् ।

बागेश्वरी एफएमका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाईंले विद्यार्थीलाई स्वागत गर्दै स्टेशनको संक्षिप्त परिचयसँगै समाचार, कार्यक्रम प्रशारण र प्राविधिक पाटो लगायतका विषयमा जानकारी गराए ।
३० जनाको समूहमा रहेको टोलीले रेडियोको अनएअर, रेकर्डिङ रुम, टेलिभिजनको अनएअर चाासोका साथ अवलोकन गरेको थियो । रेडियोका एमडीले सिद्धार्थ पाण्डेले रेडियो र टेलिभिजनलाई समय सुहाउँदो डिजीटलाइजेशन गर्दै शिक्षा केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राख्ने विश्वास दिलाए ।

स्कुल इन्चार्ज, अभिशेष खनाल, स्कुलकी रिसेप्सनिष्ट रञ्जीता विक लगायतको उपस्थिती रहेको अवलोकनमा विद्यार्थीले विभिन्न प्रश्न र जिज्ञाशा राख्नु भएको थियो भने स्टेशन म्यानेजर चौलागाईले जिज्ञाशा मेटने प्रयास गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार