नेपालगञ्ज : आज असार १५ । अर्थात् राष्ट्रिय धान दिवस । असार १५ राष्ट्रिय धान दिवस पारेर आज शनिबार नेपालगञ्ज राँझा स्थित भैयापुरमा रोपाईं फेष्टिबल आयोजना गरिंदैछ ।
बर्षेनी रोपाईं उत्सव आयोजना गर्दै आएको टिम डिएड्जले भैयापुरमा ‘रोपाईं फेष्टिबल’को चौथो संस्करण आयोजना गर्न लागेको हो । ‘त्यसका लागि राष्ट्रिय कलाकारहरूको ठूलो जमघट आयोजना गर्दैछौं’, धान रोपाईंसँगै दर्जन बढी इभेन्टहरू राखिएको जानकारी दिंदै आयोजक टिम डिएड्जका अध्यक्ष दिनेश थापा मगरले भने, ‘प्रत्यक्ष सांगीतिक प्रस्तुतिसँगै हिलो खेल्ने देखि सामूहिक रोपाईंसम्मका इभेन्टहरू राखिएका छन् ।
माटोलाई युवासँग जोड्न यसखालको उत्सवको आयोजना गरिएको युवा अभियन्ता समेत रहेका दिनेशले ‘रोपाईं फेष्टिबल’को अवधारणाबारे भने, ‘वास्तवममा यो कनेक्टिङ युथ टु एग्रो मिसन हो ।’ उनी भन्छन्, ‘रोपाईं फेष्टिबललाई एग्रो टुरिजमको महत्वपूर्ण इभेन्टका रूपमा विकास गर्न खोजेको छु ।’
रेखा थापा सहितका राष्ट्रिय कलाकारलाई निम्त्याइएको रोपाईं उत्सवमा डिजेदेखि फुड स्टलसम्म राखिंदैछ । आयोजकका अनुसार, त्यसको तयारी पूरा भएको छ । ‘निःशुल्क प्रवेशको व्यवस्था भएकाले यसमा युवा विद्यार्थीहरूको सहभागितालाई विशेष प्राथमिकतामा राखेका छौं’, दिनेशले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार