काठमाण्डौ : आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ ।
ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८ः४५ बजे कुवेतसँग खेल्नेछ ।
एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरी खेलाइँदै छ ।
यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।
नेपाल समूह २ मा छ । नेपालको समूहमा कुवेत र जापान छन् । समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ । यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर–६ मा पुग्नेछ ।
सुपर–६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ ।
एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् । तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन् ।
यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर–६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर–६ मा महत्वपूर्ण हुनेछ । किनकी सुपर–६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर–६ मा गनिनेछ ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।
भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिज २–१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ ।
१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार