नेपालगञ्ज : बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी संकलन गरेको छ । हालसम्म नेपालगञ्ज उपमहानगरपालका र कोहलपुर आसपासका करिब ६०० बचतकर्ताको उजुरी संकलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी संकलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।
‘अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान शुरु हुन्छ,’ प्रहरी नायब उपरीक्षक डाँगीले भने । प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लगायतको उजुरी संकलन गरेको जनाएको छ ।
2024-08-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार