Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–०५ उढरापुरबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।

शनिबार राति करिब १०ः३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिईरहेका स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई नियन्त्रणमा लिई खानतलासी गरिएको थियो ।

खानतलासीको क्रममा खाँको साथबाट ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद लागुऔषध सहित खाँलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया