कैलाली : कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानी कर्णाली पुलबाट परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका पुरुषको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै कैलाली, जिल्लाको मोहन्याल गाउँपालिका ४ बस्ने २५ वर्षीया कल्पना बम बेपत्ता भएकी छन् ।
माइतीघरबाट फर्कने क्रममा सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाई ठूलीगार्डमा बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
2024-07-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार