काठमाण्डौ : विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी र सन्देशमूलक टिजर सार्वजनिक भएको छ । भुटानी शासकबाट लखेटिएका नेपालीको आँखाबाट भनिएको कथाले नेपाली संस्कृति र भावनात्मक एकताको कथा भन्छ ।
फिल्ममा विजयसहित बुद्धि तामाङ, विल्सनविक्रम राई, आयुशा समला, रोशन श्रेष्ठ, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलाको अभिनय छ ।
मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । मित्र प्रधानको निर्देशन रहेको फिल्मको पटकथा शिवम अधिकारीले लेखेका हुन् ।
भुटानबाट लेखिटएका नेपालीले नेपालीपनभित्र खोजेको राष्ट्रियता र पहिचानको कथा यसमा छ । नेपालसहित अमेरिकामा पनि छायांकन गरिएको फिल्मले भुटानी शासकको अत्याचारलाई चित्रण गर्छ ।
फिल्मको छायांकन झापा, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल र अमेरिकामा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार