कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाभित्र बनेका नयाँ र निर्माणाधिन सडकहरु गुणस्तरहिन देखिएका छन् । ठेकेदारको लाहपर्वाही र ठेक्का दिने दातालाई चर्को कमिसन बुझाउनुपर्ने सडकहरु गुणस्तरहिन देखिएका हुन् ।
अनुगमन गर्ने निकाय कमिसनको लोभमा परेपछि सडक निर्माणमात्रै नभएर अन्य भौतिक पूर्वाधार निर्माणका कामहरु समेत गुणस्तरहिन बन्दै गएको नगरबासीहरु बताउँछन् ।
सम्झौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको स्थानीयको आरोप छ । स्थानीयले पटक पटक गुणस्तरहिन काम गरेपछि कोहलपुर नगरपालिकाको प्राविधिकहरुलाई जानकारी गराए पनि बेवास्ता गरिएको बोहलपुरबासीहरुको भनाई छ ।
कोहलपुरमा अपारदर्शीरुपमा गुणस्तरहिन सामाग्री प्रयोग गरेर मापदण्ड विपरित विकास निर्माणका कामहरु भएको भन्दै स्थानीयहरुले पटक–पटक आवाज उठाउँदै आए पनि कोहलपुर नगरपालिका भने कानमा तेल हालेर सुतिरहेको स्थानीयको आरोप छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार