Listen LIVE

श्रीनिवासाचार्य महाराजमाथि भएको आक्रमणविरुद्ध ज्ञापनपत्र

नेपालगञ्ज : श्रीनिवासाचार्य जी माहाराजमाथि श्रवण २८ गते अज्ञात समुहद्वारा आक्रमण भएको विषयमा आज जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । राष्ट्रिय सनातनी संघ जिल्ला संयोजक सौरब बर्माको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको हो । 

आक्रमण गर्नेहरूलाई यथाशिघ्र अनुसन्धान गरेर उचित कारवाही गर्न राष्ट्रिय सनातनी संघले माग गर्दै नेपाल सरकारलाई प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र दिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १२ का पुर्ब वडाध्यक्ष समेतको उपस्थितीमा युवाहरूले ज्ञापन पत्र बुझाएका हुन्े । बाङ्लादेशमा रहेका अल्पसंख्यक हिन्दु, बौद्ध समुदायमाथि हिंसा, बलात्कार, मन्दिर तोडफोड र हत्या गरेको कार्यविरुद्ध कडा बिरोध जनाउँदै महाराज निवासाचार्यले बिरोध प्रदर्शन, र्याली समेत आयोजना गरेका थिए । 

सुनसरीमा श्रीनिवासाचार्य माहाराज बस्ने मन्दिरमा महाराजलाई ज्यानबाट मार्ने गरि आक्रमण भएको थियोे । श्रवण २८ गते राती महाराज मन्दिरमा नभएको बेला आक्रमण गरिएको थियो । श्रीनिवासाचार्य महाराज नभेटिएपछि उनको कक्षमा तोडफोड गरिएको थियो । त्यहाँको पुजारीहरुलाई खुकुरी भाला देखाएर धाकधम्की दिइएको थियो ।

सनतानी समाज संघले दोषीमाथि कडा कारवाहीको समेत माग गरेको छ ।

प्रतिक्रिया