Listen LIVE

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’

नेपालगञ्ज : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतका अनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ ।

तर उनी कुराकानी गर्नसक्ने अवस्थामा रहेका छन् । उनको मेरुदण्डको एल टु भाँचिएको देखिएको छ । अनुहारमा गहिरो चोट लागेको छ । ‘तर अहिलेसम्म अवस्था खतरामुक्त छ अस्पताल स्रोतले भन्यो –‘उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो ।

प्रतिक्रिया