नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा भएको जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधि न्यू दर्पण युवा स्पोर्टस क्लव ई गाउँले जितेको छ ।
मनकामना माध्यामिक विद्यालयको खेल मैदानमा भएको दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगितामा उपाधि जित्दै आयोजक न्यू दर्पणले नगद एक लाख ११ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत संस्करणको समेत बिजेता रहेको आयोजक न्यू दर्पणले फाइनल खेलमा न्यू डाँफे स्पोर्टस क्लव डि गाउँलाई १–२ गोलको अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । न्यू दर्पणका तर्फबाट म्यान अफ द म्याच विपिन मगरले दुई गोल गरेका थिए ।
उपबिजेता बनेको न्यू डाँफेले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा न्यू दर्पणका प्रेम सुनार सर्वोत्कृष्ट खेलाडी, प्लेयर अफ द म्याच विपिन मगर, उत्कृष्ट रक्षक न्यू डाँफेका सुनिल आले र उत्कृष्ट गोल रक्षक न्यू दर्पणका प्रतिक शेर्पाईली पुरस्कृत भए ।
प्रतियोगिताको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले उदघाटन गरेकी थिइन् ।
ई गाउँस्थित मनकामना माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विभिन्न १४ समूहको सहभागिता रहेको क्लवका अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार