Listen LIVE

कठिन परिश्रमले महान ब्यक्तिको उत्पत्ति हुन्छ : उपाध्याय

नेपालगञ्ज : युनाइटेड एजुकेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।  

कार्यक्रममा एकेडेमीका डाइरेक्टर सतानन्द उपाध्यायले उज्जवल भबिष्यको कामनासँगै युनाइटेड एजुकेशनल एकेडेमीमा नर्सरीदेखि स्नातकसम्म गरि १ हजार ८ सय विद्यार्थी अध्ययनरत रहेको बताए । यस एकेडेमीका विद्यार्थी राज्य सन्यन्त्रका उच्च अहोदामा समेत पुगेको भन्दै उनले आजको बर्तमानले भोलीको भबिष्यले जन्म लिने हुँदा कठिन परिश्रमले महान ब्यक्तिको उत्पत्ति हुने कुरामा जोड दिए ।

डाइरेक्टर सतानन्द उपाध्यायले भने, ‘मानिस एउटा चेतनशिल प्राणी हो । त्यसैले अनुशासनको घेराभित्र रहेर एउटा कर्मठ नागरिक बन्नु पर्ने र विद्यार्थीको पहिचान अनुशासन भएकोले अनुशासितका साथै लगनशील भएर अध्ययन गर्नुपर्ने हुन्छ ।’

एकेडेमीले दक्ष प्रशिक्षकका साथ अध्ययन अध्यापन गराउँदै आएको भन्दै उनले यहाँबाट अध्ययन गरेका विद्यार्थीले सरकारी तथा गैरसरकारी क्षेत्रमा नाम निकाल्न सफल भएको बताए । एकेडेमीमा ल, साइन्स, म्यानेजमेन्ट, एजुकेशन विषयको अध्ययन अध्यापन हुँदै आएको बताउँदै डाइरेक्टर उपाध्यायले बाँकेमा शैक्षिक प्रतिस्पर्धा गर्न सफल हुनुका साथै खेल क्षेत्रको प्रस्तिस्पर्धामा पनि एकेडेमीका विद्यार्थी सबैभन्दा अगाडी रहेको जिकिर गरे ।

उनले युनाइटेड एकेडेमीले विद्यार्थीहरुको समग्र प्रतिभाको बिकास गर्नुका साथै  विद्यार्थीको लक्ष्य निर्धारण गर्ने विद्यार्थीलाई सिक्ने सिकाउने बिषयमा हरपल तमतयार रहेको बताए । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई छात्रवृत्ति दिने, खेलाडी, मधेसी, जनजाती, मुश्लिम, पिछडिएको क्षेत्रका विद्यार्थीलाई उच्च प्रथामिकतामा राखिएको डाइरेक्टर उपाध्यायले बताए । 

यसैगरी कार्यक्रममा प्यापसन नेपालगञ्जका नगर अध्यक्ष बिकास बज्राचार्यले महान भबिष्यको प्रतिमुर्तीका साथ अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । आफ्नो मात्र नभएर परिवार, समाज र सिङ्गो राष्ट्रको सपना पूरा गर्नुपर्ने सुझाव दिँदै उनले एकेडेमीले आफ्नै सुबिधा सम्पन्न भवनका साथै स्मार्ट बोर्ड युक्त कक्षा सञ्चालन गरिरहेको बताए । उनले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने यस एकेडेमीले तीनतीन महिनामा परीक्षा लिएर उत्कृष्ट नतिजा ल्याउनेलाई  पुरस्कृत गर्ने गरेको जानकारी दिए । 

नगर प्याब्सन अध्यक्ष बज्राचार्यले युनाइटेड एकेडेमी नेपालगञ्ज लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल रहेको बताए । उनले यस एकेडेमीबाट उत्तिर्ण विद्यार्थीले देशको विभिन्न तह र तप्कामा प्रमुख जिम्मेवारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा भिम प्रसाद बराल, सञ्चालक समितिका गणेशप्रसाद पाठक, प्रिन्सिपल जिवराज भण्डारी लगायतको उपस्थिती रहेको उदघोषक सिताराम सुवेदीले बताए । उक्त कार्यक्रमका करिव दुईसय विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया