नेपालगञ्ज : कोरोना कहरमा भेरी अस्पताल नेपालगन्जको तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट रहँदा अब्बल कार्य गरेका डा. प्रकाश थापालाई स्वास्थ्य मन्त्रालयले पुनः भेरी अस्पतालको मेसुको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले अहिलेका मेसु डा.पवनजङ्ग रायमाझीलाई मन्त्रालय फिर्ता बोलाउँदै डा. थापालाई मेसुमा नियुक्त गरेको हो । यसअघि मेसु हुँदा भेरी अस्पतालको कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट बनाउन अहम् भूमिका खेलेका पश्चिम क्षेत्रका वरिष्ठ अर्थोपेडिक डा. थापा प्रशासनिक कार्य गर्न पनि उत्तिकै माहिर मानिन्छन् ।
यसअघि दुई पटक भेरी अस्पतालको मेसु भइसकेका डा. थापाको उत्कृष्ट कार्य, अस्पताल प्रतिको लगाब र सेवाग्राहीसँँग गर्ने व्यवहार लगायतका कारण तेस्रो पटक स्वास्थ्य मन्त्रालयले उनलाइ मेसु बनाएको हो ।
कोरोना कहरमा डा.थापाको उत्कृष्ट कार्य कौशलतालाई उच्च कदर गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित गरेकी थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार