Listen LIVE

वुमन्स डे कप खेल्ने नेपाली टोली घोषणा

काठमाण्डौ : युगान्डमा हुने वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। 

साना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन्।  बन्द प्रशिक्षणमा रहेका सीमाना केसी,  सबनम राई, सोभा रोकाय र मनिषा उपध्यायले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। मार्च ८ देखि १६ सम्म हुने ट्वान्टी–२० प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ।

एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।  नेपालले मार्च ८ मा नामिबयासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग खेल्नेछ।  नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ।

प्रतिक्रिया