Listen LIVE

सभापति देउवामाथि आक्रमणको बाँके कांग्रेस क्षेत्र नम्बर ३ को भतर्सना

नेपालगञ्ज : नेपाली काग्रेस बाँके क्षेत्र नम्बर ३ ले पार्टी केन्द्रिय सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणामाथि भएको सांघातिक आक्रमणको निन्दा एवम् भतर्सना गरेको छ ।

क्षेत्रीय सभापति मोहम्मद नक्की खाँको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय कार्यसमिति बैठकले गत भदौं २४ गते ज्यान मार्ने उदेश्यले भएको सांघातिक आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटको घटनामा संलग्न ब्यक्तिलाई तत्काल कानुन अनसार छानविन गरी अबिलम्व कारबाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

साथै उक्त घटनामा घाइते भएका सभापति देउवा र उनका धर्मपत्नी एवम् केन्द्रिय सदस्य आरजुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरिएको छ । यस्तै बैठकले गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मारिएका बिद्यार्थी, युवा, सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनमा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरिएको छ ।

यसैगरी जेनजीको नाममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को कार्यालय, नेपाली कांग्रेस बाँकेको कार्यालय लगायत नेपाली कांग्रेसका केन्द्रिय कार्यालय, अन्य राजीतिक दलहरुको कार्यालयमा गरिएको आगजनी तथा वीपी, गणेशमान लगायत नेताहरुको शालिक तोडफोड र देशभरीका कांग्रेस नेता तथा कार्यकर्ताको निजी निवास, सवारी साधनमा भएको आगजनी, तोडफोडको निन्दा एवम् भत्र्सना गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया