नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरमा एकजना महिलालाई जलाएर हत्या गरिएको घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग र दवाव बढ्दै गएको छ ।
महिलाको शरीरमा आगो लगाएर जलाउने कार्यमा संलग्न जोसुकै भएपनि कुनै मुलाहिजा नराखेर कडा कानुनी कारवाही गर्न बाँकेका जनप्रतिनिधि, सङ्घसंस्था र व्यक्तिले माग गरेका छन् ।
सोही क्रममा बाँके–२ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले नेपालगञ्ज–१२ कि सृजना बूढा मगरको हत्या भएको घटनालाई गम्भीरता पूर्वक अनुसन्धान गरि दोषी माथि कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।
उनले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भने, æयो दुखद घटनाको घोर भत्सर्ना गर्दै द्रुत र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाहीका लागि प्रहरीप्रशासन समक्ष आग्रह गर्दछु ।Æ
सांसद राईले दोषी जोसुकै भएपनि यथाशीघ्र कानुनी कारबाही अघि बढाउँदै सुरक्षा व्यवस्था सुदृढ बनाउने तर्फ जिल्लास्थित प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
उनले यस्ता दुखद र आपराधिक घट्नाहरू भविष्यमा दोहो¥याउन नदिन आफ्नो छरछिमेक–वरपर कसैले शङ्कास्पद आपराधिक योजना बनाइरहेको वा कुनै किसिमका अस्वभाविक गतिविधिहरू गरिरहेको भन्ने शङ्का लागेमा अथवा सूचना पाएमा तुरुन्तै सरोकारवाला निकाय तथा व्यक्तिलाई खबर गरि जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न पनि सबैसँग अपिल गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्लेले पनि महिलालाई जलाएर मार्नेलाई कुनै पनि हालतमा छुट दिन नहुने जनाउँदै कडा कारवाहीको माग गरेकी छन् ।
उनले महिलामाथि हिंसा हत्या बढ्दै गएकोले सो रोक्नका लागि पनि तत्काल उचित कदम चाल्नुपर्ने माग गरिन् । यसैगरी नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले महिलामाथि यस्तो जघन्य अपराध गर्नेलाई कुनैपनि हालतमा छोड्न नहुने बताए ।
नेपालगञ्जको कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा सिर्जना बूढा -गीता) भेटिनुभएको थियो । उहाँलाई उद्धार गरेर अस्पताल लैजाँदा मृत्यु भइसकेको थियो ।
जिल्ला प्रहरीका कार्यालयका अनुसार मृतक युवतीकी तीन वर्षकी छोरीसमेत रहेको र उहाँले पतिसँग सम्बन्धबिच्छेद गरेर बसेको तथा केही वर्षदेखि स्थानीय युवा आरिफ ढपालीसँग प्रेममा रहेको खुलेको छ । उनीहरूबीच पनि आपसी सम्बन्ध राम्रो नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले घट्ना निकै शङ्कास्पद रहेको जनाउँदै अनुसन्धानकालागि आरिफ ढपाली, उनकी आमा र दीदीलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको बताए ।
उनले शवको मोष्टमार्टम कार्य भइरहेको हुँदा मृतकले आत्महत्या गरेको वा हत्या गरिएको भन्ने सम्बन्धमा गम्भिर रुपमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाउँदै विभिन्न सामाजिक संजालमा समुदायहरुबिच द्वन्द फैलाउने खालका टिका–टिप्पणी नगर्नहुन र संचार माध्यमहरुले समेत प्रहरीको सूचना अधिकारीबाट एकिन गरी सूचना सम्प्रेषण गरीदिनहुन अनुरोध गरे ।
उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले घट्नाको दुई कोणबाट अनुसन्धान गरिरहेको जनाउँदै आत्महत्या हो कि, कर्तव्य ज्यान मुद्दा सो बारेमा अनुसन्धान भइरहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार