जुम्ला : जुम्लामा २० वर्षमुनिका १५.७ प्रतिशत किशोरी आमा हुने गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार विभिन्न पालिकाबाट संस्थागत प्रसूति भएका २० वर्षमुनिका किशोरी पनि छन् ।
मातृशिशु स्वास्थ्य कार्यालय जुम्लाका संयोजक मोर्चा शाहीका अनुसार चालु आर्थिक वर्षमा संस्थागत प्रसूति भएकामध्ये २० वर्षमुनिका किशोरीको प्रतिशतमा सबैभन्दा बढी गुठिचौर गाउँपालिका छ ।गुठिचौरमा ५४.३ प्रतिशत, पातारासी गाउँपालिमा ३१.२ प्रतिशत, तिला गाउँपालिकामा २३.३ प्रतिशत, हिमा गाउँपालिकामा १४.३ प्रतिशत, चन्दननाथ नगरपालिकामा १३.८ प्रतिशत, तातोपानी गाउँपालिकामा ११.४ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ८ प्रतिशत २० वर्ष मुनिका संस्थागत प्रसूतिको तथ्याङ्क छ ।
यसैगरी जिल्लाको सिँजा गाउँपालिकामा ६.७ प्रतिशत २० वर्षमुनिका किशोरीको संस्थागत सुत्केरीको तथ्याङ्क छ ।
2024-07-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार