Listen LIVE

पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा बालिकाको मृत्यु

कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिकामा काठेपुलको सहायताले खोला तर्ने क्रममा चिप्लिएर बुधबार बालिकाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका ११ कान्तिपुरका १६ वर्षीया सुमित्रा चौधरीको काठेपुलबाट खोला तर्ने क्रममा चिप्लिएर नदीमा डुब्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मस्रियाका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक नरेशकुमार ढकालले जानकारी दिए ।

ऐँठा र कान्तिपुर जोड्ने कटैनी नदीमा बनेको काठेपुलको सहायताले स्थानीय ओहोर दोहोर गर्ने गरेको जनाइएको छ । मङ्गलबार राती परेको अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि काठेपुल माथिसम्म पानी पुगेको र खतरा मोल्दै नदी तर्दै गर्दा छेउमा पुगेको अवस्थामा चिप्लेर नदीमा डुबेको जनाइएको छ । 

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा खोजीकार्य गर्दा करिब पाँच घण्टापछि मृतक चौधरीको शव फेला परेको इन्चार्ज ढकालले जनाए । कक्षा ८ मा अध्ययनरत चौधरीको दुःखद निधनपछि स्थानीयले सरकारले आफ्ना समस्यालाई बुझेर झोलुङगे पुल नबनाउँदा जोखिम मोल्दै नदी तर्न बाध्य भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया