Listen LIVE

एमाले डुडुवाको कार्यक्रममा २३ जनाले गरे रक्तदान

नेपालगञ्ज : रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ नेकपा एमाले डुडुवा गाउँपालिका बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

डुडुवा गाउँपालिका वार्ड नं. ५ किमु कटेजमा आयोजित रक्तदान कार्यक्रममा शिक्षक, समाजसेवी, स्वयंसेवी रक्तदाता लगायत २३ जनाले रक्तदान गरेका छन् ।

नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी बाँकेका अध्यक्ष महेश चौधरी, डुडुवा गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष झंकबहादुर थापा र डुडुवा गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रलगायतले प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी, वरिष्ठ प्राविधिक सोमप्रकाश सापकोटा, सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा डुडुवा गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष झंकबहादुर थापा, नेकपा एमाले डुडुवा गाउँपालिका कमिटी बाँकेका अध्यक्ष महेशकुमार चौधरी, रुद्रबीर रगाल, प्रदीप बोहरा, पदमबहादुर बुढाथोकी, ध्रुव बोहरा, रामबहादुर खडका, गणेश खडका, टोपबहादुर खत्री, मिलन थापा, अनकेत त्रिपाटी, चिरञ्जीवी बुढा, हरिकिसुन थारु, अरुण रोकाय, अर्जुन चौधरी, राममिलन थारु, राजिव साहू, इमारन अहमद सिद्दीकी, रमेशकुमार यादव, शिवकुमार जायसवाल, कौशल सिंह, पकंज वर्मा, बीरेन्द्र यादवलगायत २३ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, सुनिता कुमाई, भवानी सुनार, दिपशिखा शाह, बैकुण्ठ रेग्मी और बीरेन्द्र योगी र शतक रक्तदाता पवन जायसवालले सहयोग गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल, डुडुवा गाउँपपालिका कार्यपालिका सदस्य जयन्ती महाउत, नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया