Listen LIVE

बाँसगढीमा एक महिलालाई खोलाले बगायो

बर्दिया : बर्दियाको बाँसगढी नगरपालिका–३ माहादेवास्थित मानखोलाले एक जना महिलालाई बगाएको छ ।

श्रीमान् र श्रीमती दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान्को भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएका १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान् जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको थियो । श्रीमती पार्वती थारुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीको भनाई छ ।

उनको खोजी कार्य भइरहेको छ,भने घाइते जागुलाई मेडिकल कलेज कोहलपुरमा उपचार शुरु गरिएको छ ।

प्रतिक्रिया