अघिको केहि समयसम्म बजारमा विभिन्न मनोवैज्ञानिक विन्दुको असर देखिएको छ। नेप्सेको अघिल्लो असारयता देखि अहिलेसम्म २२ सयको एरियामा केहि परिवर्तन देखिएको छ। २०७९ असारयता देखि २२ सयको एरियामा घुमिरहेको नेप्सेले अब सकारात्मक संकेत देखाएको छ।
नेप्सेले २२ पार गर्न सक्ने आधारहरू धेरै देखिएको छ। नयाँ सरकार गठनको खबरले नेप्से गत सोमबार ११७ अंकले बढेको थियो। त्यसैको भोलिपल्ट भने ७० अंकको करेक्सन आयो। त्यसपछिका दिन बजार लगातार बढेर इन्डेक्स २१११.२४ विन्दुमा बन्द भएको छ। यसले पनि बजार प्रति लगानीकर्ताहरूको मनोबल बढेको बुझ्न सकिने जानकारहरूको भनाई छ।बजार यसै गरी बढ्दै गएको र २२ सयदेखि २२७० को एरियालाई ब्रेक गर्ने हो भने मार्केटमा ठूलो वृद्धि देखिने विश्लेषकहरूले बताएका छन्। प्राविधिक विश्लेषण गर्दा सपोर्ट र अवरोधलाई पनि हेरिन्छ। यदि पुरानो अवरोध भोलुमका साथ ब्रेक हुने हो भने मार्केटले नयाँ रेसिस्टेन्स बनाउन सक्छ।

प्राविधिक विश्लेषण गर्दा धेरै प्रयोग गरिने बोलिन्जर ब्यान्डले मार्केट बढ्ने इन्डिकेट गरेको छ। नेप्सेको सूचक अपर ब्यान्डसम्म पुगेर बन्द भएको छ। जुन २१३ को एरियामा छ।त्यसैगरी, एमएसीडी लाइनले पनि सिग्लन लाइनलाई क्रस गरेर माथि बढेको छ। हिस्ट्रोग्राम पनि पोजिटिभ छ। आरएसआइ पनि ३० विन्दुबाट बढेर ६० विन्दुमा पुगेको छ। यसले पनि बजारले सकारात्मक बाटो समात्ने देखिन्छ।सेयर बजारका जनकार तथा प्राविधिक विश्लेषकहरु बजार विस्तारै सुधार हुँदै जाने देखिएको बताउँछन्। उनले भने, ‘१८ सयबाट बढेर बजार २ हजार विन्दु माथि पुगेको छ। २२ सयको अवरोधलाई ब्रेक गरेपछि बजार माथि जान्छ। तर, पहिलाको जस्तो ह्वातै बजार बढ्दैन जस्तो देखिन्छ। स्वस्थ गतिमा बढ्दै गयो भने २५-२६ सयसम्म पुग्न सक्छ। तर, यसलाई अर्थतन्त्रले पनि सपोर्ट गर्नुपर्छ। अर्थतन्त्रले सपोर्ट गरेन भने राम्रो हुँदैन। त्यसका साथै, लगानीकर्तालाई सरकारप्रति विश्वास पनि हुनुपर्छ। अहिले लगानीकर्ताले आँखा चिम्लेर लगानी गर्ने अवस्था छैन।’
त्यसो त, नयाँ अर्थमन्त्री नियुक्तिको खबरले सेयर बजारमा राम्रो वृद्धि देखिएको थियो। अहिले पनि बजार सुस्त गतिमा बढिरहेको छ। टेक्निकल इन्डिकेटहरूले पनि राम्रो संकेत देखाएका छन्। सेयर धितो कर्जा लिनेहरू पनि बढेका छन्। बैंकमा अघिक तरलताका कारण राष्ट्र बैंकले बजारबाट पैसा झिकी रहेको छ।
ब्याजदर पनि पछिल्लो समय घट्दै गएको छ। तर, निक्षेपको ब्याज घटेपनि कर्जाको ब्याजदर नघट्दा बजारमा सोचेजस्तो वृद्धि नदेखिएको जानकारहरूले बताएका छन्। निक्षेपको ब्याज घटेजस्तै कर्जाको ब्याज भने घटेको छैन। जसले गर्दा लगानीकर्ताहरूले बैंकबार सस्तो दरमा सेयर धितो कर्जा लिन सकेका छैनन्। यद्दपि, यो अवस्था सधै नरहने बजारका जानकारहरूको भनाई छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार