Listen LIVE

रेडक्रसको ६२औं स्थापना दिवसका अवसरमा रक्तदान

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसका अवसर पारेर नेपालगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वय र नेपाल रेडक्रस सोसाइटी बाँकेबगिया उपशाखाको आयोजनामा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जमा बुधबार बिहानदेखि रक्तदान कार्यक्रम सुरु गरिएको रेडक्रसका जिल्ला शाखा सदस्य मिनबहादुर मल्लले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी(नेरेसो)ले बुधबार ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आफ्नो ६२औँ स्थापना दिवस मनाउन लागेको हो । स्थापना दिवसका अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको मल्लले बताउनुभयो । आज दिनभर रक्तदाताहरुले रक्तदान कार्यक्रममा आएर रक्तदान गर्न सकिने उनले बताए ।

‘म सेवा गर्छु’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरि सञ्चालन गर्दै आएको उनले बताए ।

प्रतिक्रिया