नेपालगञ्ज : दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ । आज बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह खतराको बिन्दु पार गरेको हो ।
आज बिहान ११ बजेको मापनमा ६ मिटर माथि नदीको सतह पुगेको पश्चिम राप्ती कुसुम बाढीमापन केन्द्रले जनाएको छ । नदीको जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा रहेका स्थानीयले आज साँझ सम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।
राप्ती नदीको जल सतहलाई ५ मटिरको रेखा सम्म सामान्य र त्य माथि पुगेको अवस्थामा खतराको संकेतकारुपमा लिने गरिएको छ । बाँकेका राप्ती तटीय क्षेत्रमा हरेक वर्ष डुबान तथा खेतीयोग्य जग्गा कटानको समस्या रहँदै आएको छ । विशेष गरि भारतले लक्ष्मणपुर बाँधका नाममा चौधरी चरण सिंह ब्यारेर र कलकलवा तटबन्ध निर्माण गरेदेखि तटीय क्षेत्रमा डुबानको समस्या देखिन थालेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार