Listen LIVE

हुम्लामा तीन दिनदेखि उडान अवरुद्ध

हुम्ला : हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको छ। हुम्ला आउने इनरुट र सिमकोट विमानस्थल क्षेत्रको मौसम खराव हुँदा हवाई सेवा अबरुद्ध भएको हो। 

बुधबारयता जिल्लाको हवाई सेवा अबरुद्ध हुँदै आएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए। 

उनले खराब मौसमको कारण हवाई सेवा अबरुद्ध हुँदै आएको बताए । नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले सिमकोटका लागि उडान भर्ने तयारी गरेको भए पनि हुम्ला आउने इनरुट र सिमकोट आसपास क्षेत्रको मौसम खराव हुँदा हवाई सेवा अबरुद्ध भएको हो। 

शुक्रबार बेलुकाबाट भने लागतार वर्षा भइरहेको छ। हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग भएर करुङ नाकाबाट रसुवाबाट काठमाडौंका लागि फर्किनु भएको छ भने सिमकोटमा रहेका आठ जना मानसरोवर कैलाशको दर्शन गरेर फर्केका पर्यटक मध्य पाँच जना बिहीबार र तीन जना शुक्रबार हेलिकोप्टरबाट नेपालगञ्ज लागेका छन् । 

त्यसैगरी सिमकोट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु सिमकोट मै रोकिनु परेको छ भने नेपालगञ्जबाट सिमकोट आउने यात्रु नेपालगञ्ज विमानस्थलमा दिउँसो दुई बजेसम्म कुरेर फर्कने गरेका छन्।

प्रतिक्रिया