नेपालगञ्ज : जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा सार्वजनिक भएको बाँके खजुरा गाँउपालिकाको पालिका गान विवादमा परेको छ । मुल रचनाकारको नाममा थप ३ जना रचनाकारको नाम थप भएर पालिका गान सार्वजनिक भएपछि सो पालिका गान विवादमा परेको हो ।
आफ्नो रचनामा संगीत भरेर सार्वजनिक गर्नेक्रममा थप ३ जना रचनाकारहरुको नाम थपेर आफ्नौ बौद्धिक सम्पत्तिमा अन्याय भएको भन्दै साहित्यकार बोधराज प्याकुरेलले खजुरा गाँउपालिकामा निवेदन दिएका छन् । प्याकुरेलले खजुरा गाँउपालिकाले गठन गरेको खजुरा प्रज्ञा प्रतिस्ठानले पालिका गानका लागि रचना आह्वान गरेकोमा आफ्नो रचना छनौटमा परेको र त्यसलाई संगीत सृजना गर्ने क्रममा गरिएको सम्पादनलाई प्रज्ञा प्रतिस्ठानका पदाधिकारीले आफुहरु समेत रचनाकार उल्लेख गरेर गान सार्वजनिक गरेको आरोप लगाए ।
उनले आफु समेत संलग्न रहेर मुल रचनालाई सम्पादन गरिएको तर सार्वजनिक गर्ने बेला ४ जना रचनाकारको नाम राखेर सार्वजनिक गरिएको बताए । उनले आफुले न्यायका लागि पालिकामा निवेदन दिएको जानकारी दिए ।
सार्वजनिक भएको पालिका गानमा रचनाकारमा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी, प्राज्ञ सदस्य मणिरत्न र ईश्वरी रिजालको नाम रहेको छ ।
पालिका गानको रचना सम्बन्धमा निवेदन प्राप्त भएको खजुरा गाँउपालिकाका प्रमुख प्रशासकीय प्रमुख दीलबहादुर पौडेलले बताए । उनले प्रज्ञा प्रतिष्ठान शिक्षा शाखा अन्तर्गत रहने भएका कारण शिक्षा शाखालाई विवादका विषयमा स्पष्ट पार्न निर्देशन दिएको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार