बारा : साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।
जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
2024-08-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार