Listen LIVE

पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

बर्दिया : बढैयाताल गाउपालिका–८ स्थित मृग नालाको बाँधमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले शुक्रबार सोही ठाउँ बस्ने १६ वर्षीय रोशन कार्की साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेको बताए ।

डुबेपछि स्वास्थ्य गम्भीर भएका कार्कीलाई साथीहरुले उपचारका लागि स्थानीय मेडिकलमा ल्याएका थिए । उनको उपचार त्यहाँ सम्भव नभएपछि जिल्ला अस्पताल गुलरियामा ल्याएको उनले बताए । उपचारकै क्रममा राति करिब ७ बजे उनको मृत्यु भएको डीएसपी अर्यालले जनाए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया