काठमाडौं। साताको दोस्रो दिन सेयर
बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
सोमबार ६.२६ अंकले घट्दै परिसूचक
२०१२.०७ विन्दुमा रह्यो । यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा
थियो ।
१३ मध्ये होटल तथा पर्यटक र व्यापारबाहेकका
सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ । आइतबार निर्जीवन बीमाबाहेक
सबै परिसूचक घटेका थिए । आज १५२ कम्पनीको सेयरमूल्य घटेको छ भने ८६ को मात्रै बढोत्तरी
छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।
७२ लाख ९० हजार २०० कित्ता सेयर
किनबेच हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँ छ । हिजो कारोबार
रकम ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँ थियो ।
घटेको बजारमा पनि गुराँस लघुवित्त
र मायाखोला हाइड्रोपावरको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । महुली
लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।
सर्वोत्तम सिमेन्टको सेयर आज उच्च
कारोबार भएको छ । सेयरमूल्य प्रतिकित्ता ९४१ रुपैयाँ पुगेको यो कम्पनीको ४७ करोड २९
लाख १७ हजार रुपैयाँको किनबेच भएको छ । हिजो सेयरमूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५०
पैसा रहँदा पनि यो कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नै पहिलो नम्बरमा
थियो । हिजो सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस्तै शिवम् सिमेन्टको ११ करोड, गोर्खाज फाइनान्सको ९ करोड ९९
लाख, पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख रुपैयाको
सेयर किनबेच भएको छ।
आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने
कम्पनीहरुमा हिमालयन हाइड्रोपावर, अपर लोहोरेखोला, धौलागिरी लघुवित्तलगायत छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार