नेपालगञ्ज : नेपाली मौलिक कथामा आधारित चलचित्र ‘जन्ते बाख्रो’ ले नेपालगञ्जका हलहरूमा दिनभरका सोजमा हाउसफुलको व्यापार गरिरहेको छ ।
निर्देशक सिमोश सुनुवारको निर्देशनमा बनेको चलचित्रले दर्शकहरूलाई हलसम्म सहजै तानिरहेको छ ।
चलचित्रमा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी र समापिका गौतम लगायतको बहुआयामी अभिनयले कथालाई जीवन्त बनाएको छ ।
नेपालगञ्जस्थित सिने रोयलका म्यानेजर सोहन सिंह भन्छन्, “दैनिक सबै शोहरूमा दर्शकहरुको उपस्थिति राम्रो भइरहेको छ । अग्रिम टिकट बुकिङ सहित कतिपयले फिलिम दोहोर्याएर पनि हेरेका छन्।” उनी भन्छन् ” अहिले स्कूलहरूमा गर्मी बिदा, चाडपर्व पनि चलिरहेकाले फिल्म हेर्न आउने बढ्दै गएको छ ।” मंगलबार ३ शोज रहेको सिने रोयलमा सबै हाउसफुलको व्यापार गरेको थियो । यस्तै क्यु एफ एक्स वागेश्वरीमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ ।
सुनुवारले “नेपाली माटो र मौलिक कथालाई आधुनिक र व्यावसायिक प्रस्तुतीकरणमा दर्शाउन खोज्यौं, र प्रतिक्रिया सकारात्मक आएकोमा धैर्य र उत्साह दुवै बढेको छ।”
यो उत्साहजनक प्रतिक्रिया र कलाकारहरूको प्रभावशाली अभिनयले ‘जन्ते बाख्रो’ नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा थप्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।
दर्शकको उपस्थित बाक्लिदै गएपछि चलचित्रका मुख्य कलाकार गरिमा सहितको टोली नेपालगन्जका हलहरुमा दर्शक भेटघाटका लागि बुधबार दिनभर रहने पश्चिम नेपालको पब्लिसिटी हेरिरहेका अनलाइन टिभि पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष सञ्चारकर्मी कृष्णराज अधिकारीले जानकारी दिए । फिल्म टोली मंगलबार दाङ स्थित घोराही, नारायणपुरमा रहेको भीएफएक्स सिनेमाज पुगेर दर्शक संग भेटघाट साथै साक्षात्कार गरेका थिए । दाङ पुगेको टोली मंगलबार साँझ नेपालगन्ज पुगिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार