नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका ११ स्थित पुरानो बसपार्कको एक होटलमा एक जनाको मृत्यु भएको छ ।
साउन २३ गतेदेखि शिशिर होटलको १०३ नम्बर कोठामा बस्दै आएका सुर्खेत विरेन्द्र नगरपालिका ४ का २५ बर्षिय राजेन्द्र बस्नेतको मृत्यु भएको हो ।
बस्नेतको साथमा सुर्खेतकै अन्य भूवन थापा र निशा वली पनि संगै आएका साथी थिए ।
१०३ कोठामा दुई वटा वेड भएको र बस्नेत छुट्टै एउटा वेडमा सुतिरहेको अवस्थामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।
अचेत अवस्थामा रहेका बस्नेतलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले जानकारी दिए ।
के कारणले मृत्यु भएको भन्ने खुलेको छैन तर प्रारम्भिक अनुसन्धान अनुसार लागूऔषधको मात्र बढि भएर मृत्यु हुन सक्ने आशंका गरिएको र अन्य दुई साथीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार