नेपालगञ्ज : नेपालगञ्ज जुत्ता चप्पल व्यावसायि संघले असार २९ गतेदेखि लागू हुने नयाँ एचएस कोड प्रणाली लागु गरेको जनाएको छ । कोडका बारेमा फुटवेयर ब्यबसायीको विद्यमान कठिनाइ र समाधानका लागि हाम्रो भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
फुटवेयर ब्यबसायी संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न बस्तुगत क्षेत्रका ब्यबसायिको सहभागिता रहेको थियो ।
फुटवेयर संघका अध्यक्ष कविराम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी, बिशिष्ट अथिती उद्योग बाणिज्य संघका उपमहासचिव टेक बहादुर खडका, अर्थ बिद डा. अबिन्द्रदत्त मिश्र र अधिवक्ता बिश्वजित तिवारिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष धामिले अर्थतन्त्रको मेरुदण्ड ब्यापार ब्यबासाय क्षेत्रका विद्यमान चुनौतीको समाधान गर्न र ब्यापारिक हक हितका लागि सधै आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । आफ्ना छाता संघ संगठनलाई नयाँ आर्थिक नीति २०८१ को बारेमा यसरी खुल्ला अन्तरक्रियाले निकै प्रभावकारी भुमिका निर्बाह गर्ने भन्दै उनले नयाँ आर्थिक नितिले ब्यापारीमा जटिलता उत्पन्न भएको र त्यसको समाधानका लागि आफू सधै तयार रहेको बताएका थिए ।
यस्तै विद्यमान चुनौतिका बिषय औल्याउँदै जुत्ता चप्पल व्यावसायि संघका अध्यक्ष कविराम जैसिले युवा पलायन, अस्थिर सरकार, भन्सारमा हुने चोरी पैठारी कालोबजारी र भ्रष्टचार तथा विश्व महामारी कोभिड यता ब्यापर क्षेत्र धरासयी बनेको बताए । यसलाइ माथि उकास्न सबैले सहज साहस गर्नुपर्ने र दृढ आत्माबलका साथ अगाडि बढनुका साथै विश्व आमूल परिवर्तनमा बढ्नु पर्ने भन्दै उनले समय अनुसार परिवर्तन भएर जानु पर्ने, राज्य संयन्त्रले समय अनुकुल परिवर्तन हुनु पर्ने भएकोले नयाँ एचएस कोड सिस्टमका बारेमा जानकारी दिए ।
त्यस्तै बिशिस्ट अथिती अर्थबिद डा. अबिन्द्रदत्त मिश्रले विश्व पुँजी बजारमा नयाँ नयाँ परिवर्तनसँग जानु पर्ने भएकोले अहिलेको विद्यमान चुनौती भनेको युवा पलायनलाई रोकेर व्यापार क्षेत्र उद्योग कलकारखानामा राज्यको लगानी हुनुपर्नेमा जोड दिए । कलकारखाना निर्माणमा जोड दिँदै उनले सामान किसिमको बितरण आयतभन्दा निर्यातमा जोड दिन आग्रह गरे । उनले नेपाली फुटवेयरलाई विश्व बजारमा निर्यात गर्न आवश्यक रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार