Listen LIVE

काठमाण्डौका पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाण्डौ : काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

रिजालमाथि जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र दमन गर्न आदेश दिएको गम्भीर आरोप लागेको छ ।

गत भदौमा भ्रष्टाचार र बेथितिविरुद्ध युवा पुस्ता (जेनजी)ले गरेको प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा तनाव सिर्जना भएको थियो ।

सो समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रिजालले सुरक्षाकर्मीलाई गोली चलाउन आदेश दिएको र उक्त घटनामा मानवीय क्षति भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा समेत रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको थियो ।


प्रतिक्रिया