नेपालगञ्ज : ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित सुर्खेत गुर्भाकोट नगरपालिका–६ बस्ने २९ वर्षीय प्रकाश केसी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई ८ ग्राम ५ सय मिलिग्रामसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
2024-07-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार