नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तगर्त भोलि चिसापानी र शम्सेरगञ्जको फिडर लाइनमा विद्युत अवरुद्ध हुने भएको छ ।
शनिवारका बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चिसापानी र शम्सेरगञ्ज फिडर लाइनमा विद्युत अवरुद्ध हुने भएको हो ।
असार ५ गते राति आएको आएको ठुलो हवाहुरीले कोहलपुर वितरण केन्द्र अन्तर्गत विभिन्न स्थानहरूको लाइन संरचनामा ठुलो क्षति पुर्याएको हुनाले फिडरहरूको लाइन मर्मत, डिस्क, पिन, बदलि, बुश काट्ने, कन्डक्टरहरू पिनबाट फुत्केको बाध्ने कार्यहरू गर्नका लागि विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले जनाएको छ ।
2024-06-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार