काठमाण्डौ : चीनमा आज बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् ।
सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो । अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन । राजधानी काठमाडौँसहित देशभर नै धक्का महसुस गरिएको थियो । तर पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस भयो। यसको धक्का नेपालसँगै भारत, बंगलादेश र भुटानमा पनि गरिएको थियो ।
2025-01-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार