रुकुमपश्चिम : अविरल वर्षाका कारण ठुलीभेरी नदीको बहाव अत्यधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका बासिन्दालाई विशेष अनुरोध गरिएको छ ।
नदीको बहाव करिब ६ फिट बढेको छ । आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले नदीको आसपासमा रहेका बस्ती र बासिन्दालाई सतर्क रहन सार्वजनिक रुपमा अनुरोध गरेका छन् ।
उनले डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका अनुसार लगातार पानी परिरहेकाले नदी बहाव थप बढ्ने सूचना प्राप्त भएको बताए । नदीको बहाव उच्च हुँदा तटीय क्षेत्रमा बढी क्षति हुनसक्ने उनले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ । प्रहरीले नदीमा माछा मार्ने, काठ दाउरा सङ्कलन गर्नेजस्ता काम नगर्न समेत अनुरोध गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार