Listen LIVE

गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षको मृत्यु

नेपालगञ्ज : गाडी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको छ । 

सोमबार दिउँसो सुर्खेतदेखि नेपालगञ्ज आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा  हुम्लास्थित सर्केगाड गाउँपालिकाका ३९ वर्षीय उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उपाध्यक्ष कार्की सवार उक्त फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । उपाध्यक्ष कार्कीको उपचारका क्रममा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया