Listen LIVE

कर्णालीमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना गरिने

सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रियस्तरको यु–१६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा आगामी जेठ १९ देखि ३१ गतेसम्म सुर्खेतमा प्रतियोगिता हुन लागेको हो । 

एसियन क्रिकेट काउन्सिलको कार्यतालिका अनुसार आगामी जुनमा हुने एसिसि मेन्स यू–१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए । 

कर्णाली प्रदेशमा पहिला पटक आयोजना हुन लागेको प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता हुनेछ भने लिग संस्करणमा २१ खेल खेलाइने आयोजकले जनएको छ । 

बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना मार्फत प्रतियोगिताले कर्णाली प्रदेशमा आर्थिक गतिविधीका साथै क्रिकेट खेलको विकास एवम् विस्तारमा थप टेवा पुग्ने विश्वास रहेको कोषाध्यक्ष खड्काले बताए । प्रतियोगिताबाट राष्ट्रियस्तरका दुई टिम छनौट गरिने छ । 

प्रतियोगिता सञ्चालन गर्न ९० लाख खर्च लाग्ने जनइएको छ ।

प्रतिक्रिया