रुकुमपूर्व : राष्ट्रिय गौरवको आयोजना पुष्पलाल लोकमार्ग (मध्यपहाडी) रुकुमपूर्व खण्डमा सडक जीर्ण बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा जम्मा ५५ किलोमिटर पर्दछ । यसमध्ये ३५ किलोमिटर कालोपत्रे गरिएको छ भने भुमे गाउँपालिका–१, पनचासे–बागलुङसँगको सिमाना पर्ने यिरनेतासम्म १३ किलोमिटर र सिस्ने गाउँपालिका–६, रानीकोट–रुकुमपश्चिमको सिमाना खोपीचार सात किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गर्न बाँकी छ ।
सडक कालोपत्रे नगरिएको खण्डमा सडक अस्तव्यस्त बनेको छ । साथै सडक पिच भएको ठाउँमा समेत पहिरोले गर्दा सडक जीर्ण बन्दै छ । ठेकेदारले सडक पिच गर्ने काम सके पनि सरकारलाई हस्तान्तरण नगर्दासम्म मर्मतसम्भार गर्नु पर्छ तर सडकमा पहिरो गइरहेकोले पहिरो नहटाउँदा सडक जीर्ण र जोखिमयुक्त बनेको छ ।
बागलुङको सीमा यिरनेता–पन्चासे–लुगुम–काँक्री–खाबाङबगर–किमुबोट–जितखोला–दोमही–काँडाबगर–धौलापैरा–रुकुमकोट–रुकुमपश्चिमको सिमाना खोपीचारसम्म कतै पहिरो र खाल्टाखुल्टीका कारण सडक जीर्ण अवस्थामा पुगेका छन् । विभिन्न स्थानमा गत वर्ष सडकमा आएको पहिरो र भत्किएका नाला, खाल्टाखुल्टीले यात्रा जोखिम बढ्दै गएको छ । यस्तै पहिरोका कारण सडक ठाउँ ठाउँमा भत्किएको सडक मर्मत हुन नसक्दा यात्रुलाई ओसारपसार गर्न असहज भइरहेको अटोचालक मदन सुनारले दुःखेसो पोख्नुभयो । एक/दुई वर्षपहिले आएको बाढीपहिरो अझैसम्म मर्मत नहुँदा यात्रा गर्दा जोखिम मोल्नु परेको सुनारले बताए । उनले भने, “सडक मर्मतसम्भार गर्न कसैको ध्यान पुगेको छैन । ध्यान दिने कसले हो ? सरकारले किन ध्यान दिँदैनन् ?”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार