कालीकोट : कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ मा सरकारकै कारणले नागरिकलाई सास्ती भएको छ। नगरपालिकाको लगानीमा निर्माण भइरहेको वडा कार्यालय भवनका कारणले स्थानीय धनसुरे सार्कीको परिवार विस्थापित भएको छ।
निर्माण व्यवसायी र नगर नगरपालिकाको लापरवाहीले सार्की परिवारको बिचल्ली भएको हो। दुवै छोराको मृत्युपछि नाति नातिनाको सहारा बन्नुभएका ७५ वर्षीय सार्की अहिले नाबालक नाति च्यापेर छिमेकीको घरमा बसिरहनुभएको छ। के टिए.स निर्माण सेवाले भवन बनाउने जिम्मा लिएको छ। निर्माण व्यवसायका प्रतिनिधि ध्वजबहादुर शाहीले आफूलाई त्यही ठाउँ दिएको र भवन निर्माण गरिरहेको बताए। उनले आफूलाई नगरपालिकाले जुन ठाउँ दियो त्यही ठाउँमा काम गर्ने भन्दै पहिरो रोकथामका लागि आफू तयार नभएको बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले नागरिकको घर भत्किन थालेमा त्यसको सुरक्षा निर्माण व्यवसायीकै भएकाले तत्काल पर्खाल लगाएर भए पनि घर जोगाउनुपर्ने बताए। ठेक्का कसको हो मलाई थाहा भएन, काम ध्वजबादुर शाहीले गराइरहेकाले उनीसँग कुरा हुने सुनाए।
वडा नम्बर ६ वडा कार्यालय भवन उनले नै निर्माण गरेका थिए। वडा नम्बर २ का पूर्व वडा अध्यक्ष दयाराम सिम्खाडाले सरकारी संरचना निर्माण गर्ने नाममा नागरिकको बिचल्ली नगर्न सुझाव दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार