Listen LIVE

ट्रकको ठक्करबाट दाङमा एक जनाको मृत्यु

दाङ : दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र००१६ख२७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका–१ भालुबाङ्ग चोकमा ठक्कर दिँदा स्थानीय ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रहरी निरिक्षक अमरबहादुर माझीले मृतक फलफूल व्यवसायी रहेको जानकारी दिए ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पुर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया