Listen LIVE

नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिवलाई स्पष्टीकरण सोधियो

नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले महासचिव भिम बहादुर रानाभाटलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष धामीले रानाभाटलाई संघको विधानको परिच्छेद ६ दफा ३३ (ख), (ज) र (झ) उल्लंघन गरेकोमा तीन दिने स्पष्टीकरण सोधेका हुन् । रानाभाटलाई म्यादभित्र स्पष्टीकरण पेश नगरेमा वा सन्तोषजनक नभएमा पदीय दायित्व निर्वाह गर्ने अधिकारबाट निलम्बन गर्ने चेतावनी दिइएको छ 

प्रतिक्रिया