नेपालगञ्ज : कोहलपुर नगरपालिका–१० का ५६ वर्षीय पोष्करबहादुर सुनारको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
सोमबार दाङको लमही नगरपालिका–८ असानी भन्ने ठाउँमा बिहान साढे ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारका उपचारका लागि दाङको लमही अस्पताल पुर्याइएको थियो ।
उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सुनारले चलाएको रा ३ प ७११४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अमिलिया हुँदै लमही जाँदै गर्दा लमही नगरपालिका–८ असानी भन्ने ठाउँमा दुर्घटना परेको थियो ।
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृतकको साथमा रहेका काजजातका आधारमा उनको सनाखत गरिएका हो ।
2024-07-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार