कालीकोट : कालीकोट जिल्लामा किवी खेती सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले सुरु गरेको किवी खेतीले उत्पादनसमेत दिन थालेको छ ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा लगाएको किवीले राम्रो फल दिन सुरु गरेको छ । यसअघि खाँडाचक्र नगरपालिका–११, बराँतुका किसानले पनि लगाएको किवीले राम्रो फल दिएको थियो ।
नरहरिनाथ गाउँपालिका–४, अदेलाका किसानले लगाएको किवी फलिसकेको छ । नरहरिनाथ गाउँपालिका खेतीका हिसाबले मकै धेरै उत्पादन हुने क्षेत्र हो । गाउँपालिकाको खोला किनार र केही क्षेत्रमा धान खेती भए पनि प्रायः भूभागमा मकै खेती गर्दै आएका किसान पछिल्लो समय फलफूल खेतीमा अग्रसर हुन थालेका छन् ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले कृषिका जानकारका अनुसार यहाँ किवी खेतीका लागि राम्रो सम्भावना भएको क्षेत्र भएको बताए । उनले कृषिका जानकारले भनेको कुरा र किसानले गरेको खेतीको प्रतिफलले पुष्टि गरेको दाबी गरे । किवी खेती राम्रो हुने देखिएपछि अहिले अरू किसान पनि किवीका बिरुवाको खोजीमा रहेको गाउँपालिकाले जनाएको छ ।
नरहरिनाथपछि किवी खेतीका लागि खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिकालगायतका सबै स्थानीय तह उत्तम देखिएको कृषिका जानकारको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार