Listen LIVE

भोलि विहान आठ बजेदेखि एसइई परीक्षा शुरु हुँदै

नेपालगञ्ज : यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसइई) भोलिदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अनुसार देशभरका सबै परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको एसइईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना छन् । यस वर्ष पनि जापानमा कायम गरिएको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् ।

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

प्रतिक्रिया