कपिलवस्तु : कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका –५ सिवलवा बस्ने ५६ वर्षीय गम्तरा अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार आफ्नै घरको कलमा जोडेको विद्युतीय मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर बेहोस भएकी यादवको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।
2024-07-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार