Listen LIVE

जानकीमा स्थानीय संचित कोष व्यवस्थापन प्रणाली तालिम

नेपालगञ्ज : स्थानीय संचित कोष व्यवस्थापन प्रणाली स्टुरा मा रेभिन्यु मोडल सञ्चालन सम्वन्धि तीन दिने तालिम जानकीमा सुरु भएको छ । जानकी गाउँपालिकाको आयोजनामा वडा सचिव र राजश्वसँग प्रत्यक्ष सम्वन्धित कर्मचारीहरुलाई ‘स्टुरा रेभिन्यु मोडल’ सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । 

राजश्व संकलन वृद्धि गर्ने, राजश्व चुहावट, हिनामिना र दुरुपयोग नियन्त्रण गर्ने उक्त तालिमको मुख्य उद्देश्य रहेको जानकी गाउँपालिकाका आन्तरिक लेखा परीक्षक कुमार प्रसाद उपाध्यायले जानकारी दिए । 

तालिममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेल, प्रशासन शाखा प्रमुख गोपी चौलागाईँ, सूचना शाखा प्रमुख विकास जिसी, १ देखि ६ वटै वडाका वडा सचिवहरु लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको सहभागिता रहेको छ । तालिममा भक्त वहादुर रावतले प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया